Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

इरानसँग सौहार्द वार्ता भइरहेको दाबी गर्दै ट्रम्पले भने - इरानलाई पैसा होइन, दबाबले रोक्नुपर्छ

इरानसँग सौहार्द वार्ता भइरहेको दाबी गर्दै ट्रम्पले भने - इरानलाई पैसा होइन, दबाबले रोक्नुपर्छ

मंगलवार , श्रावण १२, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्लो समय सकारात्मक र सौहार्दपूर्ण संवाद भइरहेको दाबी गरेका छन् ।

उनले वार्तालाई अनावश्यक रूपमा लामो समयसम्म तन्काउने पक्षमा आफू नरहेको संकेतसमेत दिएका छन् ।

ट्रम्पले इरानसँगको सम्बन्धबारे बोल्दै आर्थिक प्रलोभनले समस्या समाधान नहुने धारणा व्यक्त गरे। 'इरानलाई पैसा दिएर फकाउन सकिँदैन, उनीहरूलाई हराउनुपर्छ,' भन्दै उनले इरानप्रति कडा नीति कायम रहने स्पष्ट पारे।

उनका अनुसार इरानले हाल अमेरिकासँग नाकाबन्दी हटाइदिन आग्रह गरिरहेको छ। साथै, अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा हवाई रक्षा प्रणालीमा ठूलो क्षति पुर्‍याएको दाबी पनि उनले गरेका छन्।

ट्रम्पले इरानको ड्रोन र मिसाइल उत्पादन क्षमताको ठूलो हिस्सा ध्वस्त पारिएको दाबी गर्दै अमेरिका इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार हासिल गर्न नदिने नीतिमा दृढ रहेको बताए।

यद्यपि, ट्रम्पले गरेका यी दाबीहरूबारे इरानको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077