Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गगन थापाको प्रश्न - सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

गगन थापाको प्रश्न - सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै सरकारसँग जवाफ मागेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै थापाले सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

थापाले सरकारले परिस्थितिको समयमै आकलन गरी घटना हुन नदिन आवश्यक समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद भएको बताएका छन्।

उनले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न तथा मृतकका परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

सभापति थापाले अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील र जिम्मेवार व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्दै सबै पक्षलाई कठिन घडीमा संयमता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

bigyapti-gagan-1785156442.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077