काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई दिइएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी मल्ललाई सुनसरी प्रहरीको जिम्मेवारी दिइएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको झडप र त्यसपछिको परिस्थितिलाई नियन्त्रणमा लिन नसकेको भन्दै सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाइएको छ ।