Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गृहमन्त्रीलाई तनुजा पाण्डेको प्रश्न - सुनसरीमा गोली लागेर एक नागरिकको ज्यान गयो, जिम्मेवारी कसले लिने ?

गृहमन्त्रीलाई तनुजा पाण्डेको प्रश्न - सुनसरीमा गोली लागेर एक नागरिकको ज्यान गयो, जिम्मेवारी कसले लिने ?

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । जेनजी अभियन्ता तनुजा पाण्डेले सुनसरीमा प्रहरीको गोली लागेर एक नागरिकको मृत्यु तथा दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति गम्भीर प्रश्न उठाउँदै गृहमन्त्री सुधन गुरुङसँग नैतिक र प्रशासनिक जिम्मेवारीको जवाफ मागेकी छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले भदौ २३ मा संसद् भवन अगाडि भएको गोलीकाण्ड र पछिल्लो सुनसरी घटनालाई एउटै 'दमनकारी राज्य मानसिकता'को परिणाम भएको टिप्पणी गरेकी हुन् । 

उनले प्रश्न गरेकी छन्, 'गृहमन्त्री सुधन गुरुङज्यू, हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गयो र दर्जनौँ घाइते भए। यसको नैतिक र प्रशासनिक जिम्मेवारी कसले लिने ?'

पाण्डेका अनुसार नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी गृह प्रशासनको भए पनि स्थिति नियन्त्रणका अन्य विकल्प हुँदाहुँदै गोली चल्ने अवस्था आउनु गृह मन्त्रालयको कमाण्ड एण्ड कन्ट्रोल प्रणालीको असफलता हो।

उनले गृहमन्त्रीकै नेतृत्वमा रहेको गृह प्रशासन नागरिकको सुरक्षा सुनिश्चित गर्न असफल भएको आरोप लगाएकी छन्।

उनले नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुको सट्टा आफ्नै सरकारसँग डराउनुपर्ने अवस्था सिर्जना भएको भन्दै प्रश्न गरेकी छन्।

भदौ २३ को घटनाबाट पाठ नसिकीकन पुनः मध्यराति नागरिकमाथि गोली चलाइएको भन्दै उनले गृह मन्त्रालयको पूर्वतयारी, सुरक्षा रणनीति र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएकी छन्।

पाण्डेले घटनाबारे स्पष्ट पार्दै कस्तो परिस्थिति सिर्जना भएको थियो, कसको आदेशमा घातक बल प्रयोग गरियो र किन न्यूनतम बल प्रयोगको सिद्धान्त पालना गरिएन भन्ने विषयमा गृह मन्त्रालयले तथ्यपरक र सार्वजनिक जवाफ दिनुपर्ने माग गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077