Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीसँगको सत्ता सहमतिमा असन्तुष्ट नेपाललाई आश्वस्त पार्न निवासमै पुगे प्रचण्ड

ओलीसँगको सत्ता सहमतिमा असन्तुष्ट नेपाललाई आश्वस्त पार्न निवासमै पुगे प्रचण्ड

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान सहसंयोजक माधवकुमार नेपालसँग भेटवार्ता गर्न कोटेश्वरस्थित उनकै निवास पुगेका छन्।

शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको तीनबुँदे सत्ता साझेदारी सहमतिप्रति असन्तुष्ट बनेका नेपालसँग छलफल गर्न प्रचण्ड बिहान करिब साढे ९ बजे निवासमै पुगेका हुन्।

ओली–प्रचण्डबीच भएको सहमतिअनुसार पाँच प्रदेशमा सरकार गठन र शक्ति बाँडफाँटको खाका तय गरिएको छ। तर उक्त सहमति सत्ता केन्द्रित मात्र भएको र नीतिगत स्पष्टता नदेखिएको भन्दै सहसंयोजक नेपालले असन्तुष्टि जनाउँदै आएका छन्।

सोमबारको भेटमा यही विषयलाई केन्द्रमा राखेर छलफल भएको स्रोतले जनाएको छ। नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरणलाई थप मजबुत बनाउने उपाय तथा पार्टीभित्र देखिएको असन्तुष्टिबारे विस्तृत कुराकानी भएको छ।

स्रोतका अनुसार प्रचण्डले सहसंयोजक नेपालको असन्तुष्टि सम्बोधन गर्दै पार्टीभित्रको एकता र सहकार्यलाई बलियो बनाउने विषयमा आश्वस्त पार्ने प्रयास गरेका छन्।

शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077