काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने बताएका छन्।
बास्कोटाले आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।
दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताएका हुन्।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन्।
घटनापछि कर्फ्यु जारी गरेपनि स्थानियले आगजनी र तोडफोड भएपछि सुरक्षा व्यवस्था कडा पार्दै नेपाली सेना परिचालन गरिएको छ।
यसैलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले संसद्मा भावुक अभिव्यक्ति दिने तर घटनाको जिम्मेवारी नलिने प्रवृत्तिप्रति कटाक्ष गरेका छन्।
'TOB प्रतिनिधि संसदको रोष्ट्रममा फेरि सुँक्सुकाउँदै रुन्छ र सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन।पानी पिउदै भन्छ- हाम्रा भाईबहिनी माथि गोली चलेकोमा आफ्लाई कति पीडा भईरहेछ।बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन-दोष ती मान्छेको थियो,जस्ले गोली खाए।जवाफदेहिता भए राजिनामा देऊ,' उनले लेखेका छन् ।