Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

राष्ट्रपतिसँग आङ्देम्बेको भेट, राजनीतिक र विपद् केन्द्रित छलफल

राष्ट्रपतिसँग आङ्देम्बेको भेट, राजनीतिक र विपद् केन्द्रित छलफल

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग  शिष्टाचार भेट गरेका छन्।

सोमबार बिहान शीतलनिवासमा भएको करिब एक घण्टा लामो भेटमा पछिल्लो समसामयिक राजनीतिक अवस्था, संसदीय गतिविधि तथा मुलुकका पछिल्ला घटनाक्रमबारे छलफल भएको छ।

भेटका क्रममा आङ्देम्बेले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरता कायम राख्दै संसद्को प्रभावकारिता बढाउने गरी कानुन निर्माण प्रक्रियालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। 

साथै, बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै राजनीतिक दल, सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077