Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीको शिलालेख विवादबारे मन्त्री लम्सालको स्पष्टिकरण- हराएको शिलालेख पुनःस्थापना हुन्छ

ओलीको शिलालेख विवादबारे मन्त्री लम्सालको स्पष्टिकरण- हराएको शिलालेख पुनःस्थापना हुन्छ

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास शिलालेख पुनःस्थापना गरिने बताएका छन्। 

सुरुङमार्ग उद्घाटनपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले इतिहासलाई सम्मान गर्ने सरकारको स्पष्ट नीति रहेको भन्दै शिलालेखबारे उठेका विवादको जवाफ दिएका हुन्।

सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्दै विवाद भइरहेका बेला मन्त्री लम्सालले त्यसलाई अस्वीकार गर्दै शिलालेख हराउनु नियोजित नभएको दाबी गरे।

‘मिडियामा आएको जस्तो नाम हटाउने उद्देश्य नभएको स्पष्ट पार्दै उनले भने- 'हामी इतिहासको सम्मान गर्छौँ। विगतलाई सम्मान गर्नुपर्छ र हामी त्यसैअनुसार अघि बढ्छौँ ।'

उनका अनुसार सुरुङ निर्माणका क्रममा शिलालेख रहेको स्थानमा संरचना निर्माण गर्नुपर्ने भएकाले शिलालेख सुरक्षित रूपमा सडक विभागमा सारिएको थियो। तर, पछि जेनजी आन्दोलनका क्रममा सम्बन्धित भवनमा आगलागी हुँदा शिलालेख हराएको जानकारी आफूले पाएको बताए।

'टनेल निर्माणका बेला शिलालेख रहेको स्थानमा संरचना परेपछि त्यसलाई सुरक्षित राख्न सडक विभागमा सारिएको रहेछ । पछि जेनजी आन्दोलनका क्रममा भवनमा आगलागी भएपछि शिलालेख हराएको रहेछ। त्यसैले अहिले त्यसलाई पुनःस्थापना गर्ने तयारी गरेका छौँ,' मन्त्री लम्सालले भने । 

शिलालेख पुनःस्थापनामार्फत आयोजना निर्माणसँग जोडिएका सबै ऐतिहासिक योगदानको सम्मान गरिने उनको भनाइ थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका थिए।

सोही क्रममा राखिएको सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077