Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

दीपक भट्टलाई थुनामुक्त गर्न सर्वोच्चको इन्कार, विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग

दीपक भट्टलाई थुनामुक्त गर्न सर्वोच्चको इन्कार, विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । सर्वोच्च अदालतले विवादित व्यवसायी दीपक भट्टलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ। 

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज उनको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दैै विशेष अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन्। 

सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि ७३ नं निवेदन लिएर भट्ट सर्वोच्च पुगेका थिए। थुनामा पठाउने विशेष अदालतको बदर गरी आफूलाई थुनाबाहिरै राखेर मुद्दा लड्न दिनु पर्ने उनको माग छ। 

दिपक भट्ट, शंकरलाल र सुलभ जेलमा : साहिललाई कसको संरक्षण ? दिपक भट्ट, शंकरलाल र सुलभ जेलमा : साहिललाई कसको संरक्षण ?

यस्तै भट्टले बैंकिङ कसुरको आदेश पनि बदर गर्न माग गरेका छन्। उक्त आदेशका विषयमा पनि सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण विभागले भट्टराई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। 

विभाग र सीआईबीले समेत गरी उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी कसुर र बिमा सम्बन्धी कसुरमा सजाय माग गरिएको छ। अन्य मुद्दामा धरौटीमा रिहा गर्न आदेश भएपनि सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामा पठाउन आदेश भएकाले भट्ट हाल कारागारमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077