Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

दिपक भट्ट, शंकरलाल र सुलभ जेलमा : साहिललाई कसको संरक्षण ?

दिपक भट्ट, शंकरलाल र सुलभ जेलमा : साहिललाई कसको संरक्षण ?

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । विबादास्पद व्यापारी  दीपक भट्टको गिरोहमा फस्दा व्यावसायिक घराना शंकर ग्रुप धरासायी बनेको छ। कम्पनीका संस्थापक शंकरलाल अग्रवालदेखि उनका छोरा, बुहारी र नातीसम्मलाई गम्भीर प्रकृतिका मुद्दा दायर भइसकेका छन्। 

शंकरलाल र सुलभ जेलमा छन् भने अर्का छोरा साहिल, बुहारी सुभी र नाती कृषिभ फरार सूचीमा छन्। 

सुलभलाई सुरुमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको हो । सम्पत्ति शुद्धीकरणको कसुरमा बिशेष अदालतले उनलाई दीपक भट्टसँगै थुनामा पठाएको हो। उनका बुबा शंकरलाल सुलभलाई डिल्लीबजार कारागारमा भेट्न जाँदा पक्राउ परेकोमा बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले थुनामा पठाएको हो। 

यो हिनामिनामा मुख्य नाइकेमध्ये एक साहिल पनि हुन्। दीपक भट्टसँग उनको साँठगाँठ थियो। भट्टमार्फत नेताहरूलाई पैसा खुवाएर उनीहरूले करका दर समेत आफुअनुकुल बनाउन थालेका छन्। यसबाट सो समूहले अरबौं कमाइसकेको थियो। 

अहिले सत्ताबाट पुराना दल हटेसँगै यो व्यापारीक समूहको ओरालो यात्रा सुरु भएको छ। फरार रहेका साहिल भने अझै पनि सेटिङ मिलाउने प्रयासमा छन्।

रास्वपाका केही उच्च नेताहरूलाई प्रभावमा पारेर आफूहरुमाथिको अनुसन्धानलाई कमजोर बनाउन लागिपरेको स्रोत बताउँछ। सोही कारण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई पक्राउ नगरेको त होइन भन्ने प्रश्न समेत उठेको छ। 

शंकर ग्रुपविरुद्ध हालसम्म सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धि कसुर, बिमासम्बन्धि कसुरमा मुद्दा दायर भइसकेको छ। सीआइबीले हाल सोही ग्रुप निकट मृदुला सरियालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यसमा पनि अग्रवाल परिवार जोडिने निश्चित छ। मृदुला सरियालाई छुटाउनका लागि एउटा समूहले सीआईबी देखि सरकारी वकिल कार्यालयसम्म चलखेल गरिरहेको छ।

यद्यपी सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले भने आफूहरुले कानून अनुसार काम गरिरहेको अनलाइन नेपालसँग बताए।

ट्रष्ट इन्स्योरेन्स ब्रोकरले मृदुला सरियाको स्वामित्वमा झापामा रहेको जग्गा खरिद गर्न ३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको थियो । यो रकम मृदुलाले आफ्नी सासु आमा रेनु अग्रवालको बैंक खातामा पठाएकी थिइन् । फुपूको बैंक खातामा आएको रकम सुलभ अग्रवालले झिकेर लिएका थिए । त्यही रकमको कारोबार देखिएपछि उनी पक्राउ परेकी थिइन् ।

मृदुला सरिया ट्रष्ट इन्स्योरेन्स ब्रोकरकी अध्यक्ष रेनु अग्रवालकी बुहारी हुन् । रेनु अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालकी बहिनी तथा सुलभ अग्रवालकी फुपू हुन् ।

कृत्रिम कारोबार सिर्जना गरेर हिमालयन रिबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकर, ट्रष्ट इन्स्योरेन्सबाट मृदुला सरिया, मृदुलाबाट रेनु अग्रवाल र रेनुबाट पुनः सुलभ अग्रवालको हातमा पैसा पुगेको खुलेपछि बीमा प्राधिकरणले छानबिन गर्न पत्राचार गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077