Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोकुल बास्कोटाको प्रश्न - रास्वपाले संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन ?

गोकुल बास्कोटाको प्रश्न - रास्वपाले संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन ?

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनको बहस चलिरहेका बेला संघीय संरचनामाथि नै प्रश्न उठाएका छन् ।

उनले संघीयताको वर्तमान स्वरूप पुनरावलोकन गर्नुपर्ने धारणा राख्दै केन्द्र र स्थानीय तह मात्रै रहने संरचनातर्फ बहस अघि सारेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) आवश्यक नभएको बताएका छन्। उनले संविधान संशोधन गरिने हो भने शासन संरचना सरल र प्रभावकारी बनाउन केन्द्र र पालिका मात्रै रहने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, 'पहिला रास्वपाले संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।'

बास्कोटाले राष्ट्रिय सभाको संरचनामा पनि व्यापक परिवर्तनको प्रस्ताव गरेका छन्। उनका अनुसार राष्ट्रिय सभा १०५ सदस्यीय र पूर्ण समावेशी हुनुपर्नेछ। उनले महिला र पुरुषको प्रतिनिधित्व ५०–५० प्रतिशत हुनुपर्ने तर्क गरेका छन्।

त्यस्तै, उनले उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीप्रति पनि उनले असन्तुष्टि जनाएका छन्। समानुपातिक सिट खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीलाई मजबुत बनाउनुपर्ने उनको धारणा छ। प्रत्यक्ष निर्वाचनमा महिला–पुरुष सहभागिता ६०–४० प्रतिशत अनिवार्य गर्नुपर्ने उनले बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077