Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई गोकुलको सुझाव - दूतावास र आइएनजिओको अनुदानमा ‘बजेटरी प्रणाली’ लागू गर्नू

बालेनलाई गोकुलको सुझाव - दूतावास र आइएनजिओको अनुदानमा ‘बजेटरी प्रणाली’ लागू गर्नू

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक अनुदान व्यवस्थापनबारे सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले सरकारी स्वीकृतिबिना विभिन्न दूतावास र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत सिधै स्थानीय तह, प्रदेश तथा गैरसरकारी संस्थामा जाने अनुदान रोक्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, 'सरकारी स्वीकृतिबिना विभिन्न दूतावास र आइएनजिओमार्फत सोझै स्थानीय तह, प्रदेश र एनजिओलाई अनुदान दिन रोकेर बजेटरी प्रणालीमा ल्यायो भने म धन्यवाद दिन्छु।'

पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले यस्तो अनुदानलाई केन्द्रीय बजेट प्रणालीमार्फत पारदर्शी ढंगले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

यसै सन्दर्भमा उनले प्रधानमन्त्री शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै चुनौतीपूर्ण नीतिगत निर्णय कार्यान्वयन गर्न सजिलो नभएको संकेत गरेका छन् ।

'प्रम बालेनमा त्यो डोजर चलाउने सामर्थ्य होला ? स्कुल–कलेजका सामुदायिक संगठन खारेज गर्ने तर हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन,' उनले भने । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077