Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य, करण केसीको घातक बलिङ !

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य, करण केसीको घातक बलिङ !

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी खेलमा नामिबियाले नेपालसामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जान फ्राइलिंकको उत्कृष्ट शतकीय इनिङ र लौरेन स्टिक्याम्पसँगको महत्त्वपूर्ण साझेदारीले नामिबियालाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍यायो ।

उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनायो।

नामिबियाका जान फ्राइलिंकले धैर्यपूर्ण ब्याटिङ गर्दै १४९ बलमा १०० रन बनाए। उनले तीन चौका प्रहार गरेका थिए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो।

उनलाई लौरेन स्टिक्याम्पले ८७ बलमा चार चौका र एक छक्काको सहयोगमा ५९ रन बनाएर उत्कृष्ट साथ दिए। दुवैले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गर्दै नामिबियाको इनिङ सम्हाले।

नेपालका लागि करण केसी चम्किए। उनले १० ओभरमा दुई मेडनसहित मात्र २९ रन खर्चेर पाँच विकेट लिएर नामिबियाको मध्यक्रम ध्वस्त पारे। सोमपाल कामीले एक विकेट हात पारे।

जारी शृङ्खलामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपाल नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएको थियो। पहिलो जितको खोजीमा रहेको नेपालले अब २१२ रनको लक्ष्य पछ्याउनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077