Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

घुस लिँदालिँदै वडासचिव पक्राउ

घुस लिँदालिँदै वडासचिव पक्राउ

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका वडा नंं. १ मा कार्यरत वडा सचिव अजयकुमार साह दश हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुख हैरानी दिइ घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा सो रकमसहित स्थानीय होटलबाट उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077