Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, पदाधिकारी मनोनयन गर्ने तयारी

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, पदाधिकारी मनोनयन गर्ने तयारी

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन १३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । 

महासचिव विपिन आचार्यका अनुसार पार्टी कार्यालय वनस्थलीमा विहान ११ बजेदेखि बैठक बस्नेछ । 

बैठकमा मुख्यतः चार एजेण्डामा छलफल हुनेछ । उनका अनुसार बैठकमा हालै सम्पन्न भएको महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा छलफल हुनेछ ।

योसँगै रास्वपाको ५१ केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयन प्रक्रिया अगाडि बढ्ने भएको छ । रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भए पनि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077