काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो ।
सुनसरीमा आइतबार भएको घटनामा प्रहरीको गोली लागेर एक जनाकाके ज्यान गएपछि कोशीको डीआईजी रहेका विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई त्यहाँ पठाइएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो।
घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ।
गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पठाएर थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
आइतबार प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनले सोमबार उग्र रूप लिएको छ ।
आइतबार रातिको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले सोमबार सुनसरी जिल्लाका विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन् ।
कप्तानगञ्जमा आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
प्रहरी स्रोतका अनुसार आक्रोशित प्रदर्शनकारीको समूहले देवानगञ्जमा तीन–चार वटा घरमा आगजनी गरेका छन् । केही पसलको सामग्री बाहिर निकालेर आगो लगाइदिएका छन् । बजारमा रहेका सवारी साधनमा समेत आगजनी भएको छ ।