Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

नेप्सेको सीईओका लागि खुल्यो आवेदन

नेप्सेको सीईओका लागि खुल्यो आवेदन

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न आवेदन आह्वान गरेको छ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार गोरखापत्रमार्फत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) अथवा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।

त्यसैगरी, उम्मेदवारसँग पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहको अनुभव सहित कम्तीमा १५ वर्षको कार्यानुभव अनिवार्य रूपमा हुनुपर्ने सर्त तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077