Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अबदेखि शुक्रबार पनि सेयर कारोबार हुने, आइतबार बन्द रहने

अबदेखि शुक्रबार पनि सेयर कारोबार हुने, आइतबार बन्द रहने

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । 

नेप्सेले यसअघि आइतबारदेखि बिहीबारसम्म अर्थात् हप्तामा पाँच दिन शेयर कारोबार सञ्चालन गर्ने गरेको थियो । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यन्धन अभावका कारण पनि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से यस दिन बन्द गरेर शुक्रबार कारोबार खोल्ने निर्णय गरेको हो । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको बताए । उनले सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि त्यस दिन शेयर कारोबार पनि बन्द गरिने बताए । 

'हिजो बसेको सञ्चालक समिति बैठकले शुक्रबार कारोबार खोल्ने निर्णय गरेको छ,' उनले भने ।

हाल शुक्रबार र शनिबार बजार बन्द हुँदै आएकोमा अब नयाँ व्यवस्था अनुसार शनिबार र आइतबार बजार बन्द रहनेछ।

 यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । त्यति बेला पनि सातामा ५ दिन (सोमबारदेखि शुक्रबारसम्म) शेयर कारोबार भएको थियो। पछि सरकारले आइतबारको बिदा खारेज गरेपछि नेप्से पुनः पुरानै कार्य तालिकामा फर्किएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077