Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजार ४० अंकले बढ्दा २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ४० अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा कायम भएको हो।

आज ३२६ स्क्रिप्सको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको बजारमा ९ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

उच्च अंकले बढेको सेयर बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २६ करोड ४ लाख ८८ हजार ७६२ रुपैयाँको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ४९ करोड ३८ लाख ७२ हजार ६४ रुपैयाँको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077