Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्री-ओपन सेसनमा ६.५९ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको चौथो दिन प्री-ओपन सेसनमा ६.५९ अंकले घटेर २६४४.७३ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक १४५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेको थियो।

सो दिन कारोबार रकम भने हालसम्मकै उच्च भएको थियो। मंगलबार २३ अर्ब ७१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज प्री-ओपन सेसनमा १०३ स्क्रिप्सको ५४ हजार ६३६ कित्ता सेयर २ करोड १२ लाख ५२ हजार ५७२ रुपैयाँमा खरिदबिक्री भए।

यो समयमा २३ स्टक्सको मूल्य बढ्दा ५१ वटाको घट्यो। २७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077