Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

एकैदिन तोलामा ४३ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

एकैदिन तोलामा ४३ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ।

सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। 

छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको छ।

जसअनुसार चाँदीको मूल्य आज प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको छ। 

यसअघि अघिल्लो दिन प्रतितोला चार हजार ४४५ रुपैयाँ कारोबार भएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077