Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा चर्कियो प्रदर्शन

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा चर्कियो प्रदर्शन

मंगलवार , श्रावण १२, २०८३

जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।

मंगलबार सिरहाको गोलबजार नगरपालिका-८ स्थित पुरानो चोक, चोहर्वामा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीहरूले घटनामा संलग्नमाथि कानुनी कारबाही, प्रहरी दमन अन्त्य तथा न्यायको माग गरेका छन् ।

यसअघि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा समेत विरोध प्रदर्शन भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो । 

प्रदर्शनकारीसँगको छलफलपछि सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ। 

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा सुरु भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनामा गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

झडपमा १३ जना सुरक्षाकर्मीसहित ९ जना सर्वसाधारण घाइते भएका छन्। सोही विषयलाई लिएर सुनसरीलगायत विभिन्न जिल्लामा ठाउँमा प्रदर्शन भएको हो। 

यद्यपी सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा सुदृढ बनाउने, सामाजिक एकता कायम राख्ने र घटनालाई थप जटिल बन्न नदिन सर्वपक्षीय सहमति गरेको थियो ।

यसैगरी सोमबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरी देवानगञ्ज घटनाबारे विस्तृत ब्रिफिङ लिएका थिए।

सोही छलफलपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077