Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

मंगलवार , श्रावण १२, २०८३

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा सुक्खा पहिरो खस्दा बन्द मुग्लिन-नारायणगढ सडक आपत्‌कालीन सेवाका र साना सवारीसाधनका लागि एकतर्फी खुलाइएको छ।

सडक डिभिजन भरतपुरले आज बिहान ११:३० बजे जारी गरेको सूचनाअनुसार खहरेखोला मुग्लिननजिकै सुक्खा पहिरो जाँदा दुईतर्फी नै अवरुद्ध भएको सडक एकतर्फी मात्र खुलेको हो। 

इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित समेत बन्न पुगेको थियो। 

डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो खसिरहेकाले काममा समस्या भएको छ । केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उनले जानकारी दिए ।

उनले भने- 'थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ । पहिरोले २० मिटर क्षेत्र ढाकेको छ । सफा गर्न कठिन भइरहेको छ ।'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077