चितवन । देशकै व्यस्त मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन नजिकैको खहरे खोला क्षेत्रमा मंगलबार बिहान सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ८ः५० बजे अचानक पहिरो खसेपछि सडक दुवैतर्फबाट बन्द भएको हो। सडक अवरुद्ध भएसँगै सयौँ सवारी साधन र हजारौँ यात्रु बीच बाटोमै रोकिएका छन्।
घटनालगत्तै सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरी पहिरो पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
सम्बन्धित निकायले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन निरन्तर काम भइरहेको जनाएको छ।