Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images
सुनसरी घटना

सुदन किराँतीको अपिल - सामाजिक सद्‌भाव र एकताको बाटो अवलम्बन गरौँ

सुदन किराँतीको अपिल - सामाजिक सद्‌भाव र एकताको बाटो अवलम्बन गरौँ

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जाति, धर्म र संस्कृतिका नाममा समाजमा द्वन्द्व सिर्जना गरी देशलाई अशान्तितर्फ धकेल्ने प्रयास भइरहेको बताएका छन् ।

उनले यस्ता गतिविधि अन्ततः असफल हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भाव र एकताको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

सुनसरीमा भएको घटनालाई लिएर मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै किराँतीले नेपाली समाजलाई संयमता अपनाउन र संवादमार्फत समस्या समाधान गर्न अपिल गरेका हुन्।

उनले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाले सबैलाई गम्भीर र संवेदनशील बनाएको उल्लेख गर्दै “उत्तेजना होइन संयमता, द्वन्द्व होइन संवाद, घृणा होइन सहिष्णुता र विभाजन होइन सामाजिक सद्भाव तथा एकताको बाटो अवलम्बन गरौँ” भनेका छन्।

किराँतीले नेपालको विविधता नै शक्ति भएको उल्लेख गर्दै आपसी विश्वास, सद्भाव र एकताबाट मात्रै शान्त, समृद्ध र सुरक्षित नेपालको निर्माण सम्भव हुने बताएका छन्।

सुनसरी घटनाको प्रसंग जोड्दै उनले दंगा नियन्त्रणका नाममा राज्यबाट हुने गोली प्रहार र नागरिकको ज्यान जाने घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077