जनकपुरधाम । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति आक्रोश व्यक्त गर्दै जनकपुरमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहको तस्बिर जलाएका छन् ।
सोमबार जनकपुरधामस्थित रामानन्द चोकमा भेला भएका प्रदर्शनकारीहरूले तस्बिर दहन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले विशेषगरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध पनि चर्को नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा घटनाको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने माग गरेका थिए।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि देशका विभिन्न स्थानमा विरोधका कार्यक्रम भइरहेका छन्।