सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार साँझ जारी गरेको आदेशअनुसार सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म सुनसरीको पुर्वपश्चिम एसियन हाइवे अन्र्तगतको खडमा पनि कर्फ्यू लागू हुनेछ ।
प्रशासनले इनरुवा नगरपालिका–३ र ६ को सिमाना पर्ने घोपली टोलदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण दुवैतर्फ ५०० मिटर क्षेत्रभित्र कफ्र्यू लागू गरेको जनाएको छ ।
आइतबार राति देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानिय २४ बर्षिय ओमप्रकाश मेहताको मृत्यु भएपछि सोमबार दिनभर सुनसरीका विभिन्न स्थानमा कर्फु उल्लंघन गरेर पनि प्रदर्शन भएको थियो ।