Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना अपडेट : ६० संक्रमित थपिँदा, ७२ जना संक्रमण मुक्त

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७१ हजार २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०१४  पुगेको छ ।

यस्तै, हिजो नेपालमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077