Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना अपडेट : ५३ संक्रमित थपिँदा, ७७ जना संक्रमण मुक्त

    कोरोना अपडेट : ५३ संक्रमित थपिँदा, ७७ जना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ ।

    यस्तै, बितेको २४ घण्टामा ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७१ हजार ३२६  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    आइतबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०१४  पुगेको छ ।



    यस्तै, हिजो नेपालमा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार