Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – हिटर र गिजरको प्रयोग गर्दा सावधानी अपनाउनू

    स्वास्थ्य मन्त्रालयले भन्यो – हिटर र गिजरको प्रयोग गर्दा सावधानी अपनाउनू

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 840
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयले एक बुलेटिन जारी गर्दै जाडो याममा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्ने, हिटर चलाउने र गिजरको प्रयोग गर्दा अप्रिय घटनाहरु हुने सम्भावना बढी भएकाले सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको हो ।



    मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्रै हिटर चलाउन तथा कपडा कागजजस्ता छिटो जल्ने सामग्री नजिकै नराख्न समेत उल्लेख गरेको छ ।



    हिटरको प्रयोग गर्दा समय–समयमा बन्द गर्न र गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खु्ल्ला ठाउँमा जडान गर्न समेत मन्त्रालयको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार