Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • म्यानमारमा विरोध प्रदर्शन हिंसात्मक बन्दै

    म्यानमारमा विरोध प्रदर्शन हिंसात्मक बन्दै

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । म्यानमारमा सैन्य कू विरुद्ध दैनिक भइरहेको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

    म्यानमारको मुख्य सहर यङ्गुनमा झडप हुँदा आइतबार २१ प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा अझ धेरै प्रदर्शनकारीको ज्यान गरिएको आशङ्का गरिएको छ ।



    सुरक्षाफौजले प्रदर्शनकारीमाथि गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु तथा लाठी प्रहार गरेको बीबीसीले जनाएको छ ।



    गत फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएको थियो । त्यसयता म्यानमारमा दैनिक विरोध प्रदर्शन भइरहेको छ ।

    विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२० जनाभन्दा बढीको ज्यान गएको छ । सैन्य दमनको विश्वभरीबाट विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार