Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिआईबीद्वारा बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने तार्केश्वर नगरपालिका-३ जितपुर फेदी घर भएका ५७ वर्षीय विजय कुमार श्रेष्ठ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको सिआईबीले जनाएको छ।

उच्च अदालत पाटनको २०७७ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र विगो बमोजिम ९ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई सिआईबीले काठमाडौं काभ्रेस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

विजय कुमारले २०७७ असार १५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड, शाखा कार्यालय गोंगबुमा रहेको उनकै खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा विगो बमोजिम उक्त रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077