Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शीतल निवासको सर्वदलीय बैठकमा नेपाल, खनाल र भट्टराई गएनन्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा शुरू भएको छ ।

समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बोलाएकी हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको सहभागी भएका छन् ।

यद्दपी आजको पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् । उनीहरुले भोलि र पर्सिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले आज बोलाइएको बैठकमा सहभागी हुन नभ्याउने जनाएका थिए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेको उनी निकट स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077