Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ससुराली जान हेलिकप्टर चार्टर गरे मुख्यमन्त्री राईले (तस्बिरहरु)

काठमाडौँ। प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले  ससुराली जान हेलिकप्टर चार्टर गरेका छन् ।

मंगलबार मुख्यमन्त्री राईले आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु जान हेलिकप्टर चार्टर गरेका हुन् ।

जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।

उनले लेखेकी छन्, ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो !।’

हेलिकप्टर लिएर पुगेकी उनले गाउँको विकास नभएकोमा दुखेसो गरेकी छन् । शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत, शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!!! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !!! ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077