Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीन सरकारको नयाँ नियम : कोरोनाविरुद्धको आफ्नो खोप लगाएमात्रै भिसा

    चीन सरकारको नयाँ नियम : कोरोनाविरुद्धको आफ्नो खोप लगाएमात्रै भिसा

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लिएका व्यक्तिलाई सहज रुपमा भिसा दिने निर्णय गरेको छ ।

    चिनियाँ खोपको पूर्ण डोज लिएको प्रमाणपत्र देखाउने मानिसले मात्र सहज रुपमा भिसा पाउने चिनियाँ दूतावासले जनाएको छ ।



    सोमबार चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा चिनियाँ कोरोना खोप लगाएका मानिसलाई भिसामा सहजीकरण गरिने बताएको हो ।



    दूतावासले विज्ञप्तिमा आवश्यक काम तथा उत्पादन खपत (काम, व्यवसाय, भ्रमण आदि) प्रयोजनका लागि जाने, आपतकालीन मानवीय सहायताका लागि जाने र अपेक बिजनेस कार्ड भएका व्यक्तिहरुलाई चिनियाँ खोप लगाएको प्रमाणपत्र देखाएपछि भिसा दिइने बताएको छ ।

    यद्यपि उनीहरुले नेगेटिभ पीसीआर र एन्टिबडी परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ भने चीन प्रवेश गर्ने व्यक्ति अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम भने कायमै रहनेछ ।

    नेपालसँगै अमेरिका, भारत, पाकिस्तानलगायत मुलुकका चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेर चिनियाँ खोप लगाएका व्यक्तिलाई भिसामा सहजीकरण गर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार