Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • साउदीमा चिनियाँ कोरोना खोप पाकिस्तानको लागि टाउको दुखाइको बिषय बन्यो

    साउदीमा चिनियाँ कोरोना खोप पाकिस्तानको लागि टाउको दुखाइको बिषय बन्यो

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 3K
    SHARES

    एजेन्सी। साउदी अरबले चीनको खोप प्रमाणपत्र स्वीकार गरिरहेको छैन।

    पाकिस्तानी मिडिया रिपोर्टहरूका अनुसार, गृहमन्त्री शेख रशीद अहमदले आइतबार इस्लामाबादमा पत्रकारहरूलाई  प्रधानमन्त्री इमरान खान आफैले मध्यपूर्वका ती देशहरूसँग कुरा गर्दैछन, जुन चीनमा बनाइएको खोप अहिलेसम्म मान्यता नपाएको वताएका थिए।



    साउदी अरब पनि ती देशहरु मध्ये एक हो जसले चीनमा बनाएको खोपलाई मान्यता दिएको छैन ।



    यद्यपि विश्व स्वास्थ्य संगठनले सिनोफर्मा र सिनोवाक  चीनमा बनाएको दुवै खोपलाई अनुमोदन गरेको छ।

    मिडिया रिपोर्टका अनुसार साउदी अरबले फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जोसन र जॉनसनको कोभिड खोपलाई अनुमोदन गरिसकेको छ। यसैबीच पाकिस्तानको सिन्ध प्रान्तको सरकारले उक्त बयान फिर्ता लिएको छ जसमा दावी गरिएको छ कि साउदीका अरब राजदूतले चिनियाँ खोप स्वीकृत गर्ने आश्वासन दिएका छन्।

    शुक्रबार सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाह र साउदी अरबका पाकिस्तानका लागि राजदूत नवाफ बिन सईद अहमद अल-मल्कीले भेट गरे।

    यो बैठक पछि मुख्यमन्त्री कार्यालयबाट एक विज्ञप्ति जारी गरियो। यसमा भनिएको छ, ‘मुख्यमन्त्रीले साउदी राजदूतलाई साउदीमा स्वीकार्य खोपहरूको सूचीमा चिनियाँ खोप थप्नको लागि साउदी राजदूतलाई अनुरोध गरेका छन्ताकि धेरै भन्दा बढी पाकिस्तानी हजमा जान सकून्।’

    सोही बयानमा  साउदीका राजदूतले  सरकारले चिनियाँ खोप अनुमोदन गर्ने आश्वासन दिएका छन्।

    अर्कोतर्फ, ‘वाल स्ट्रीट जर्नल’ को रिपोर्ट अनुसार मध्यपूर्वी देश बहराइनले चिनियाँ खोपको ठूलो मात्रामा प्रयोग गरे पछि कोरोना संक्रमणको घटनामा वृद्धि देखिएको छ।

    यद्यपि बहराइनको स्वास्थ्य विभागका अधिकारी वालिद खलीफा अल मानियाले बहराइनको ६० प्रतिशत भन्दा बढी मानिसलाई चीनमा बनेको सिनोफर्मा खोप दिइयो। यसले धेरै सुरक्षा दियो। हाल  अस्पतालमा भर्ना भएकाहरू मध्ये ९० प्रतिशतले यो खोप पाएका छैनन्।

    बहराइनले चीनमा बनेको सिनोफर्म भ्याक्सिनको प्रयोग जारी राख्ने निर्णय गरेको छ ।

    यता, पाकिस्तानमा दुबै चिनियाँ खोप सिनोफर्म र सिनोवाक कोभिड अभियानमा प्रयोग भइरहेको छ। यस बाहेक, पाकिस्तान सरकारले चीनको सहयोगमा  कोरोनाको पहिलो खोप तयार गरिसकेको छ।

    बिबिसीका अनुसार पाकवाक नामको यो खोप यस हप्ता मंगलबार शुरु गरिएको थियो।

    पाकिस्तानले भनेको छ – अहिले खोप लिन पाकिस्तान आउनेहरूको पहिलो विकल्प चीनमा बनाइएको खोप साइनोफर्म हो, पश्चिममा बनाइएको खोप होइन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार