Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्रदेश : सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी

विरेन्द्रनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली सरकारले नेकपा एमालेको ओली पक्षले समर्थन फिर्ता लिए पनि आफ्नो सरकार अल्पमतमा नपर्ने बताएको छ।

बुधबार एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले सरकारको समर्थनबात हात झिकेको जनाएको छ । भोलि बाट लागु हुने गरि उक्त निर्णय गरेको ओली पक्षले बताएको थियो भने सोही पार्टीको नेपाल पक्षले भने उक्त कदमको बहिस्कार गर्दै सरकारको समर्थन रहेको बताएको छ ।

माओवादी केन्द्रकी सांसद सीता कुमारी नेपालीले भनिन्, ‘बहुमत संख्या नपुगेरै गरेको निर्णय मान्य हुदैँन, यो आधिकारीक होइन भन्ने हो, एमालेको पार्टीबाट आधिकारीक निर्णय गरेर आउनुपर्छ, त्यो मान्य हुन्छ, त्यसरी आयो भने फेस गरेर जाने हुन्छ।’

‘सरकार अल्पमतमा परेको अवस्था होइन’, सत्ता पक्षकी सांसद नेपालीले भनिन्, ‘सरकारसँग त अहिलेपनि २२ जना माननीयहरु हुनुहुन्छ।’

यसअघि बुधबार बसेको एमाले संसदीय दलको बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गरेको थियो ।

निर्वाचित दलका नेता कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताएका छन् ।

बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

आजको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077