Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले ‘लालगद्दार बादल’लाई महँगो मूल्यमा मन्त्री बनाएको प्रचण्डको सनसनीपूर्ण खुलासा

सिन्धुली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापा 'बादल’लाई महँगो मूल्यमा मन्त्री बनाएको सनसनीपूर्ण खुलासा गरेका छन्।

बुधबार काठमाडौँबाट रिफ्रेस हुन् भन्दै सिन्धुली आएका प्रचण्डले आज बिहान भएको भेटघाट कार्यक्रममा भने, ‘केपी ओलीलाई चिन्न गल्ती भयो । जाल झेल गर्दा रहेछन् । केपी ओलीको मनभित्र पस्न सकिएन । मेरै पूर्वसहकर्मीलाई महँगो मूल्यमा मन्त्री बनाए।'

त्यस्तै, अध्यक्ष प्रचण्डले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापा बादललाई लालगद्दारको संज्ञा दिएका छन् । उनले आफ्नो साथ छाडेर एमाले अध्यक्ष ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति निकै नै आक्रोश व्यक्त गर्दै वर्तमान गृहमन्त्री थापालाई गद्दारको संज्ञा दिएका हुन् ।

सिद्धिसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएकोमा आत्मालोचित बन्दै प्रचण्डले भने ‘पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पुर्याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । त्यहाँबाट पनि धोका भयो ।’

सिन्धुलीमा प्रचण्डसँगै पत्नी सिता दाहाल,  प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077