Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गलत्त्याएरै निकाल्न खोजे पनि अन्तिम दमसम्म लड्छौं, पार्टी विभाजन गर्दैनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

ललितपुरको सानेपामा हिजो देखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलालाई समापन गर्दै नेता नेपालले भने, ‘गलत्त्यारै निकाल्न खोजेछन् भने पनि अन्तिम दमसम्म लड्नेछौं ।’ उनले ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

‘केपी ओलीको गलत प्रवृत्तिविरुद्ध पुराना नेताहरुले समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेश गरेको दस्तावेजका आधारमा अघि बढिने बताए ।

उनले केपी ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि गएका सांसदहरुलाई बालुवाटार अपमान भएको समेत प्रस्ट्याए ।

नेता नेपालले ओलीसँग नडराउने, नतर्सिने र नझुक्ने पनि बताएएका छन्  ।

‘हामी कमजोर छैनौं । कस्ता कस्तासँग डराइएन । यस्ता मानिससँग हामी डराउँदैनौ’ नेपालले दावी गर्दै भने ।

कार्यक्रममा बोल्दै नेपालले आफुहरुले अध्यक्ष ओलीलाई सुधार्न जति कोसिस गर्दा पनि नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077