Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रिय भेलापछि आज खनाल-नेपाल पक्षको महिला भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आजदेखि समानान्तर भेला सुरू गर्ने भएको छ ।

शुक्रबार आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ ।

कालीमाटी ब्यांक्वेटमा एघार बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय नेपाल र खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि गत २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि महिला भेला गरेको थियो ।

त्यस्तै, नेपाल-खनाल पक्षले भोलि युवा संघको पनि भेला गर्ने जनाएको छ।

नेपाल पक्षले देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेसँगै आगामी चैत १० गते विद्यार्थीको राष्ट्रिय भेला समेत बोलाए छ।

ललितपुरको सानेपामा आयोजित भेला गत बुधबार र बिहीबार सम्म चलेको थियो, उक्त भेलाले सत्र बुँदे प्रस्ताव पारित गर्दै भेला समापन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077