Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओलीलाई घमण्डले बिगारेको नेपालको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घमण्डले बिगारेको
टिप्पणी गरेका  छन्।

शुक्रबार आफ्नो पक्षको महिला भेलालाई सम्वोधन गर्दै नेपालले भने, ‘ओलीजी घमण्डको चुचुरोबाट तल ओर्लिनुस्, धेरै बिगारेको छ, तपाईंको घमण्ड र व्यक्तिवादले' ।

ओलीको चर्को आलोचना गर्दै नेता नेपालले भने, 'उतिबेला ओली जेलमा थिए, जेलमा उनले कस्तो भूमिका खेले भन्ने अरु साथीहरुलाई सोध्दा हुन्छ,’  उनले भने, ‘मैले सुनेअनुसार त जेलमा पनि उनले अरुलाई दुख दिएका थिए ।’

नेता नेपालले वास्तविक एमाले आफुहरु भएको भन्दै ओलीलाई ‘एमालेको धाक’ नदिन चेतावनी समेत दिए ।

‘केपी ओली एमाले म हुँ भन्छन्, तर उनी मूल एमाले होइनन्, बीमाले, सिमाले हुन्, एमालेको धाक नदेखाए हुन्छ, वास्तविक एमाले हामी हौं,’ उनले भने।

नेता नेपालले पार्टीमा ओली नेतृत्व आएदेखि नै संकट सुरु भएको बताए । आफूहरुले सबै अपमान र पूर्वाग्रह सहेर पनि मिलेर जाने प्रयास गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077