काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।
एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुँदा यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि गौतम ओली वा नेपाल– खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्।
सर्वोच्च अदालतले नेकपाको एकतालाई भंग गरेर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन्।
बैठकमा नेपाल–खनाल समूह भने अनुपस्थित छन्। खनालले एक विज्ञप्ति नै जारी गरेर ओलीले डाकेको बैठक पार्टीको नभई एउटा गुटको भएको भन्दै सहभागिता नजनाउने बताएका थिए ।