Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

‘माफ पाऊँ’ भन्दै ओली पक्षमै फर्किए सांसद पोखरेल, नेपाललाई ठूलो झट्का

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकतालाई भंग गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पनि एमाले एक हुन सकेको छैन ।

पार्टी एकता भएर नेकपा भएको केही समयपछि नै पार्टीभित्र रडाको मच्चिदा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल गरी दुई समूह बनेको थियो ।

तर, सर्वोच्चले एकता भंग गरे पनि माधवकुमार नेपाल अझै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न सकेका छैनन् । नेपाललाई यतिबेला झलनाथ खनालले साथ दिएका छन् ।

ओलीले बोलाएको बैठकलाई गुटको बैठक भन्ने नेपाल–खनाल पक्ष पछिल्लो समय समस्यामा पर्दै भने गएको छ ।

नेपाललाई उपाध्यक्ष बामदेव गौतमले पनि साथ नदिने भएका छन् भने आप्mनो पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल पनि ओली पक्षमै फर्किएपछि नेपाल पक्ष समस्यामा पर्ने देखिएको छ ।

बालुवाटारमा आज सम्पन्न संसदीय दलको बैठकमा गौतम र पोखरेल दुबै जना उपस्थित भएका थिए ।

संसदीय दलको बैठकमा नै पोखरेलले आफू संस्थापन पक्षमा फर्किएको घोषणा गरेका हुन् ।

पोखरेलले भने–‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077