Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेमा अर्को सम्धी काण्ड : पोखरेल यसरी लागे ओली पक्षमा

काठमाडौं । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेलले आफू नेपाल पक्षमा लागेर गलत गरेको भन्दै बालुवाटारको ससदीय दलको बैठकमा सहभागी भएका छन् ।

यो घटनाक्रमसँगै माधव नेपाल पक्षका एक–एक सांसद वा केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा तानेर उक्त समूहलाई गलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीति सफल हुनेतर्फ अगाडि बढेको छ ।

नेपाल–खनाल पक्षका सांसदहरुलाई साम दान दण्ड भेद सबै उपाय अपनाउँदै आफ्नो पक्षमा तान्ने ओलीको रणनीति छ भने नेपाल पक्षका एक–एक सांसदसँग कुरा सुरु गरिसकेको स्रोतको दावी छ ।

जुन रणनीति अनुसार नै पोखरेललाई तान्न ओली सफल भएको चर्चा पनि बालुवाटारमा छ । पोखरेललाई ओली समूहमा पुर्याउन उनका सम्धी रामप्रसाद भण्डारीको भूमिका रहेको स्रोत बताउँछ ।

भण्डारीलाई निर्वाचन आयोगमा ओलीले नै अयाुक्त नियुक्त गरेका हुन् । उनै भण्डारीका कारण पोखरेल ‘गल्ती गरे माफ पाऊँ’ भन्दै ओलीको शरणमा पुगेका हुन् ।

यसअघि माधव नेपाल पक्षबाट २ पटक मन्त्री भएका लालबाबु पण्डित र शेरबहादुर तामाङ पनि ओलीको खेमामा पुगिसकेका छन् ।

ओली पक्षकै नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसअघि उनका सम्धी अर्थात् छोराका ससुरा प्रा।डा। उपेन्द्रकुमार कोइरालालाई देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गराएका थिए । जुन कुराको चातर्फी आलोचना समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077