Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड ओली हुन् : माधव नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपालले पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आफू निकट युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् संरचनालाई नै अस्तित्वमा ल्याऊँ भन्ने आफूहरुको प्रस्ताव अध्यक्ष ओलीले नमानेको र सबैभन्दा ठूलो समस्याको जड नै ओली रहेको दाबी गरेका हुन् ।

नेता नेपालले आफूहरूको सहमतिबिना झलनाथ खनाल र आफूलाई संसदीय बोर्डमा राखिएको भन्दै त्यो मान्य नहुने बताए ।

नेपालले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं, हाम्रो धेरै पुरानो दोस्ती हो।'

कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीको अवस्था देखेर झोक्‌र्याएर नबस्न युवाहरुलाई निर्देशन दिए ।

देशभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उनले उत्पीडित समुदायलगायतको राष्ट्रिय भेला गरि पुनर्जीवन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077