Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुटुमाथि ढुंगा राखी विश्वासको मत दिनुहुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजिनामा नदिने बताएका छन्।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय समिति वैठकमा बोल्दै प्रधानमन्त्री ओलीले परिआए संसदबाट विश्वासको मत सजिलै देखाउने दावी गर्दै राजिनामा नदिने बताएका हुन्।

प्रधानमन्त्री ओलीले वैठकमा भने, ‘राजीनामा दिनु पर्दैन ? भन्ने भन्नेहरुलाई म भन्छु -पर्दैन ! तपाईंहरु अविश्वासको प्रस्ताव ल्याउन सक्नु हुन्न ? बिस्वासको मत फिर्ता लिन सक्नुहुन्न ?’

‘नत्र चुनाबमा जानु पर्नेछ । चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ । तसर्थ हामी संमयमताका साथ सबै दलसँग गर्दैछौ । परिआए विश्वासको मत सजिलै देखाउछौं । तर सरकारको लागि मरिहत्ते गर्दैनौं । सरकार परिवर्तन भए चुनाबबाट स्पष्ट बहुमत ल्याउने छौं ,’ उनले भने ।

उनले मुटुमाथि ढुंगा राखी विश्वासको मत आफूलाई दिने दावी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077