Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना संक्रमण बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले भन्यो– सभा, जुलुस, र्‍याली, भेला र बैठक नगर्नु

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत लगायत देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यवसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिकरभौतिक दुरी, मास्कको अनिवार्य प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077