Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना अपडेट : हिजोको तुलनामा झण्डै दोब्बर थपिए संक्रमित, मृतकको संख्या तीन

काठमाडौँ। नेपालमा सोमबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०१९ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५० जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ०५६ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७२ हजार ०२० पुगेको छ ।

यस्तै, हिजो नेपालमा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077