Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा नक्कली नोटको धन्दा, मेशिनसहित चार जना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले  नक्कली नोट  छाप्ने मेशिनसहित चार जनालाई पक्राउ गरेको छ ।

चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई समान खरिद गरिरहेका थिए । उनीहरुको साथबाट प्रहरीले नेपाली रू १,०००-दरको नोट अठहत्तर थान र मेशिन पनि बरामद गरेको छ ।

चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले नक्कली नोट छाप्ने मेशिनसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

देवेन्द्र राई र  पवन राईलाई पक्राउ पक्राउ गरी अनुसन्धान गर्ने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको एसपी अधिकारीले वताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ बस्ने २८ वर्षीय विश्वराम राई र सोही स्थानका २४ वर्षीय राजाराम दनुवार रहेका छन् ।

प्रहरीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप २ थान, कार्डरिडर थान १, प्रिन्टर (फोटोकपी मेसिन) थान २, हार्डडिक्स थान -१ बरामद गरेको छ ।

यस्तै,प्रहरीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पस प्रिन्टर थान १, नक्कलीनोट छाप्नको लागि प्रयोग भएकोे फोटोकपी पेपर पाना २४, एउटा एफो पेपरमा नेपाली एक हजार दरको नोट अगाडिपछाडि छापिएको पेपर थान -१ पनि बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि संगठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा_ मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको एसपी अधिकारीले वताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077