Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रको बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी स्थायी समिति बैठकका एजेन्डाबारे केही नखुलाइए पनि सरकारलाई दिएको समर्थनबारे छलफल हुने बुझिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको माओवादी केन्द्रले आज निर्णय गर्नसक्ने एक केन्द्रीय नेताले बताए ।

माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।

त्यसैगरी आजको बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077